म्याग्दी । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर १ जनाको ज्यान गएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको हो ।
फूलबारीका मानबहादुर भण्डारीको घरमा माया र श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएका थिए । नवीनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बसेका थिए । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको प्रनाउ कुँवरले जानकारी दिए ।




















