आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा गए राती भएको दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक आँबुखैरेनी गाउँपालिका–३ का सफल रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
गएराती आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित सडकमा ग. १ क ५०१२ नम्बरको मिनि ट्रक र प्र ३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक राना गंभिर घाईते भएका थिए ।
घाईते रानाको आँबुखैरेनी अस्पतालमा सामान्य उपचार पछि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा अवेर राती उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मिनि ट्रक र त्यसका चालकलाई प्रहरीले हिजैराती नियन्त्रणमा लिएको छ ।


