गोरखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको सपभातिमा भिमसेनकाजी बानियाँ निर्वाचित भएका छन् । सदरमुकाममा आइतबार भएको बानियाँ निर्वाचित भएका हुन् ।
उनले टोपबहादुर बानियाँलाई परिजित गरेर सभापति पदमा निर्वाचित भएका हुन् । निर्वाचित सपभातिले पराजित भएका बानियाँभन्दा ४४ मत बढी पाएका थिए । पराजित भएका बानियाँले जम्मा ३८ मत पाएका थिए भने सभापतिमा निर्वाचित बानियाँले ८२ मत पाएका थिए ।
दलिय भागबण्डा नमिले पछि शाखाले आइतबार निर्वाचनको कार्यक्रम गरेको हो । निर्वाचनमा मन्त्रीमा घनश्याम श्रेष्ठ, उपमन्त्रीमा तनराज घले निर्वाचित भएको निर्वाचन अधिकृत दिनेश अर्यालले जानकारी दिए ।
उनका अनुसार अन्य पदमा भने पहिले नै सवै सर्व सम्मत चयन भएका थिए । सर्व सम्मत चयन भएकाहरुमा महिला उपसपभातिमा मञ्जु अर्याल, उपसभापतिमा भत्तराम राना, कोषाध्यक्षमा नवराज उपाध्याय र सहकोषाध्यक्षमा कुमार बानियाँ यस अधि नै सर्व सम्मत भएका थिए ।
त्यस्तैगरी महिला सदस्यहरुमा फुलमायाँ गुरुङ, मिना श्रेष्ठ, मिश्रदेवी अधिकारी तथा अन्य सदस्यहरुमा कृण्ण गुरुङ, सन्तोषप्रसाद धिमिरे, कृण्णबावु कुवर, दिनेश खनखवास, बासुदेव भट्ट, ईश्वर अधिकारी र सुनिल कुवर सर्व सम्मत भएको निर्वाचन अधिकारी अर्यालले जानकारी दिए ।


