साँकेतिक तस्बिर
गोरखा । गोरखा प्रहरीले २ जना फरार अभियुत्तलाई नियन्त्रणमा लिन सफल भएको छ । नियन्त्रणमा लिएका मध्ये १ जना गोरखा जिल्ला अदालतले तोकेको धरौटी जम्मा गरेर घर फर्किएका छन् भने अर्का १ जना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–१ रामकुमार भट्ट र पालुङटार नगरपालिका–१ का गोबिन्दबावु अधिकारी हुन् ।
प्रहरीले पक्राउ गरेका मध्ये पालुङटार नगरपालिका–१ खोप्लाङका अधिकारीले ३ वटा बैकिङ कसूर मुद्वामा ३–३ हजार जरिवाना तोकेकोमा उक्त रकम बुझाएर आइतबार नै घर फर्किएका छन् भने अर्का गोरखा नगरपालिका–१ ताप्लेका भट्ट भने अदालतको आदेशले कारागार चलन भएका छन् ।
अदालतले बैकिङ कसूर मुद्वामा नै भट्टको हकमा २ लाख ५० हजार जरिवाना र ३ दिन कैद फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले माघ १४ गते गोरखा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।


