काठमाडौं । काठमाडौं आज यस वर्षकै धेरै जाडो अनुभव गरिएको छ । बिहान ८ः४५ बजेको तथ्याङ्क अनुसार काठमाडौं न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
शनिबार भने काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको थियो । मौसम पूर्वानुमान् महाशाखाले जनाए अनुसार न्यूनतम तापक्रम जति घट्यो चिसो त्यत्ति नै बढ्ने गर्दछ ।
मौसमविद् झाका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने क्रम जारी छ । आईतबार भने उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।


