पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले गोरखाका प्रत्रकार प्रकाश ढकाल सहित ७ जना पत्रकार सम्मानित गरेको छ । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु ढकाल सहित कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ र कृपा भण्डारीलाई विभिन्न पुरस्कारबाट सम्मानित भएको हो ।
पत्रकार ढकालालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित गरिएको महासंघका अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन । ढकाल गोरखा जिल्ला शहिद लखन गाउँपालिका सोही पुरस्कारबाट २०७९ बाट सन्देश श्रेष्ठ (नागरिक र एभरेष्ट एफएम) पनि सम्मानित गरिएको थियो । यो पुरस्कारको राशी २० हजार १११ रुपैयाँ रहेको छ ।
गाेरखा जिल्ला शहिद लखन गाउँपालिका-६ घैरुङ खगी घर भएका पत्रकार ढकाल विगत २०६८ सालदेखी पाेखरालाई कार्य क्षेत्र बनाएर पत्रकारीता गर्दै आएका छन् ।
सोही कार्यक्रममा गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित भएका छन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।
आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचार पत्र) सम्मानित भएका छन् । उनिसंगै दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको छ । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।
त्यस्तैगरी, २० हजार ५५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम) पुरस्कृत भएकी हुन । पुरस्कृत सबै प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित सबै पत्रकारलाई बधाई दिदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सामाजिक सञ्जालमा पोष्टाएको विषयलाई सुचना मानेर समाचार लेखिनु गलत भएको तर्क उनको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताए । उनले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गरे ।
सम्मानित पत्रकारहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफु सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए । पत्रकारिता क्षेत्रमा समस्या भएता पनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनले बताए ।
महासंघका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले आफ्ना धारणाहरु राखेका थिए ।


