गोरखा । गोरखा सदरमुकामको रानीबन क्षेत्रबाट बहुबिवाह गरेको आरोपमा १ जोडीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–८ रानीबनका ओमबहादुर खधी र सोविता भट्टलाई पक्राउ गरीएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार र्सिजना खत्रीको उजुरीका आधारमा प्रहरीले उक्त जोडीलाई माघ १० गते बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना बिरुद्व बहु बिवाह कसूर शिर्षकमा मुद्वा दर्ता गरी माघ ११ गते बिहीबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरीएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
दुवै जनालाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको पनि प्रहरीले जानकारी दिएको छ ।




















