×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा सदरमुकामका किरणबावु श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

  •  गोरखा समाचार
  • शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गोरखा सदरमुकाममा किरणबावु श्रेष्ठ निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट गठवन्धनको उम्मेद्वार बनेको श्रेष्ठ विजयी भएका हुन् ।

    खुल्लातर्फबाट उम्मेवादवारी दिएका श्रेष्ठले ३ हजार ८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मत पाएका थिए ।

    राष्ट्रिय सभा सदस्यमा निर्वाचित श्रेष्ठको राजनीतिक जिवनी

    बिस २०१४ साल जेष्ठ २५ गते बुवा काजीप्रसाद श्रेष्ठ र आमा नन्दकुमारी श्रेष्ठको कोखबाट जन्मिएका किरणबावु श्रेष्ठको पूख्यौली घर गोरखा नगरपालिका ७ को धारापानीमा हो । ५१ वर्षै लामो राजनीतिक तथा समाजिक परिवर्तनको योद्धाको रुपमा स्थापित उनी गोरखा जिल्लाको काँग्रेस आन्दोलनको एक कर्मठ योद्धाको रुपमा समेत परिचित हुन् । नेपाली काँग्रेस गण्डकी प्रदेशको महामन्त्री समेत रहेका श्रेष्ठ काँग्रेस आन्दोलनको एक इमान्दार नेतृत्वका रुपमा चिनिन्छन् ।

    बिगत ५१ बर्ष भन्दाबढी समयदेखि काँग्रेस आन्दोलनमा निरन्तर होमिएका उनी बिस २०२९ सालमा नेपाल बिद्यार्थी संघको सदस्य भएर संक्रिय राजनीतिमा होमिएका थिए । श्रेष्ठ बिस २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिई जननेता विपी कोइराला, लौहपुरुष गणेशमान सिंह लगायतका शिर्षस्थ नेताहरु स्वदेश आगमनका क्रममा त्रिभूवन विमानस्थानमा स्वागत गर्न पुग्दा मण्डलेहरुको आक्रमणमा समेत परेका थिए ।

    २०१७ सालमा पार्टी प्रतिवन्धित भएपछि २०३४ सालमा गठन भएको नेपाली काँग्रेस गोरखाको पहिलो जिल्ला कार्य समितिको सदस्य तथा त्यस यता नेपाली काँग्रेस गोरखाको विभिन्न अवधिमा कार्यसमिति रही काम गरेको अनुभव श्रेष्ठ संग छ ।

    २०३६ सालको विद्यार्थी आन्दोलनमा प्रहरीको निर्मम यातना भोगेका श्रेष्ठले त्यतिबेलै १५ दिने जेलमा परेका थिए । काँग्रेस राजनीतिमा सक्रिय उनी २०४० सालमा नेपाली काँग्रेस केन्द्रिय सम्र्पक समितिको सदस्य हुनु पुगे ।

    बिस २०३८ सालदेखि २०४५ सालसम्म उनले काँग्रेसको सक्रिय राजनीति गर्दा करिब १ महिना प्रहरीको हिरासत र कारागार जीवन ब्यर्होनु परेको थियो । २०४२ सालको सत्याग्रह आन्दोलमा गोरखा र तनहुँमा गरी ६ महिना जेल जिवन बिताए ।

    २०४६ सालको जनआन्दोलन सफल पार्न गोरखा र काठमाडौंमा भूमिगत रहेर सकृयता देखाएका श्रेष्ठले २०५४ सालमा भएको तात्कालिन पृथ्वीनारायण हाल गोरखा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए ।

    नेपाली काँग्रेस गोरखामा २०५७ सालदेखि २०६७ सालसम्म १० बर्षे सचिव अवधी पार गरेका श्रेष्ठले १०औं, ११औं, १२औं र १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भए ।

    नेपाली काँग्रेसको केन्द्रीय द्वन्द ब्यवस्थापन विभागको सदस्य समेत भएका श्रेष्ठले २०६३ सालको जनआन्दोलमा सहभागी भए बापत प्रहरीले गिरफ्तार गरेर हिरासतमा परे ।

    हाल नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका श्रेष्ठले राजनीति शास्त्रमा एमए र डिप्लोमा ईन पब्लिक एडमिनष्ट्रिेसनसम्मको अध्ययन गरेका छन् ।

    उनै श्रेष्ठ यही माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा चुनावी संग्राममा होमिएका थिए । गठबन्धनको तर्फबाट उमेद्वारी दिएका श्रेष्ठको जीत सहज जित भएको छ ।

    बिहीबार नै पोखरामा भएको निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु नेपाली काँग्रेस तर्फका पदमबहादुर परियार तथा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा बिजयी भएका हुन् ।

    बिहीबार पोखरामा भएको निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु नेपाली काँग्रेस तर्फका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा बिजयी भएका हुन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.