गोरखा । संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा गोरखाले स्थापना दिवशको अवशरमा गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।
बिहीबार आफ्नो छैटौ स्थापना दिवसको अबसर पारेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफलु बितरण गरेको हो ।
संघले अस्पतालमा रहेका ४५ जना बिरामीलाई फलफुल वितरण गरिएको कोषाध्यष कमल बसलेले जानकारी दिए । बिरामीहरुलाई स्याउ, सुन्तला, अनार लगायतका फलफुल बितरण गरीएको थियो ।
फmलफुल बितरण कार्यक्रममा संघका पदाधिकारी साथै अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डा.सिद्धार्थ खनालको समेत सहभागिता रहेको संघले जनाएको छ ।


