गोरखा । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट गठवन्धनका ३ जना उम्मेद्वार विजयी भएका छन् । बिहीबार पोखरामा भएको निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु नेपाली काँग्रेस तर्फका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा बिजयी भएका हुन् ।
खुल्लातर्फबाट गोरखाका किरणबावु श्रेष्ठले ३ हजार ८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मत पाएका थिए ।
नेपाली काँग्रेसबाट नै उम्मेदवारी दिएका अपांगतर्फका तनहूँका पदमबहादुर परियारले ३ हजार ७७४ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ मत पाएका थिए ।
गठबन्धनबाट नै उम्मेदवारी दिएकी माओवादी केन्द्र पर्वतकीी मनरुपा शर्मा ३ हजार ६६० मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी गोरखाकी नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले २ हजार ५५३ मत प्राप्त गरेकी थिइन् । त्यस्तै अर्की प्रतिस्पर्धी राप्रपाकी गौमाया श्रेष्ठले १०६ मतभार पाइन् ।


