पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति १ जना युवकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।
मोटरसाइकल सडकदेखि करिब २०० मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


