गोरखा । गोरखा प्रहरी बहुबिवाह गरेको आरोपमा १ जोडीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–२ ताराखसेको सुनार गाउँका राजु सुनार र अमृता परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राजुका पहिलो श्रीमती रिता परियारले आफ्ना श्रीमानले अमृता संग दोस्रो बिवाह गरेको उजुरी दर्ता गराएपछी अनुसन्धान लागि दुवैलाई पक्राउ गरीएको हो ।
गएको मंसिर २२ गते नै दुवै जना विच बिवाह भएको जाहेरी परेपछी प्रहरीले उनलाई माघ ६ गते पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजना बिरुद्व बहु बिवाह कसुर शिर्षक अन्तरर्गत मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थपगरीएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
दुवै जनालाई प्रहरीले आफ्नै हिरासतमा राखी अनुसन्धान थालेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।


