×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाका पर्यटकीय गन्तव्यको प्रवर्दन

  •  गोरखा समाचार
  • आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए ।

    कार्यक्रम अन्तर्गत धार्मिक एवम् ऐतिहासिक महत्वका गोरखा कालिका मन्दिर, गोरखा दरबार, गोरखनाथ मन्दिर आदिको दर्शन एवम् अवलोकनका साथै नेपाल एकिकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको लिगलिगकोटको प्रवद्र्धनात्मक भ्रमण गरिएको उनले बताए ।

    प्रवद्र्धनात्मक भ्रमणमा संस्थामा आवद्ध ६९ जनाको सहभागिता रहेको सचिव मोहनराज बरालले जानकारी दिए । यस किसिमका कार्यक्रमले आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

    नेपाल राज्यको एकिकरणको इतिहासमा गोरखा दरबार, लिगलिगकोट जस्ता स्थलहरूको विशिष्ट महत्व रहेको छ । गोरखा दरबार पृथ्वीनारायण शाहको इतिहाससँग प्रत्यक्ष सम्बन्धित छ । नेपाल एकीकरणको सुुरुवातसँगै पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानमा रहेको संग्रहालयमा दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।

    तत्कालीन राजाहरूको राज्य सञ्चालनमा प्रयोग गरेका सामग्रीहरू देख्न पाइनु यहाँको विशिष्टता हो । शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा राखिएको छ । गुरु गोरखनाथका पूजा सामग्री एवम् बाजागाजा, नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियार, पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्री संग्रहालयमा देख्न पाइन्छ ।

    आधुनिक नेपालको एकीकरण पूर्व पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो । इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो ।

    दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बनेकोमा १३ औं पटकको दौड भने द्रब्यशाहले जिते र त्यहाँको राजा भएको इतिहास छ । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक महत्वको लिगलिगकोटमा नेपालको ठूलो झण्डा पर्यटकका लागि थप आकर्षण बनेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.