×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पोखराको पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

  •  गोरखा समाचार
  • शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रासस

    गण्डकी । संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि ।

    यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिनुभयो । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पस्नुभएका यी विशिष्ट पाहुनाको स्वागतको पर्खाइमा थिए सुन्दर पोखरा र सेता हिमाल । उहाँ बारम्बार हिमाल र फेवाताल चियाउनुहुन्थ्यो र मुहार उज्यालो पार्नुहुन्थ्यो । त्यो दृश्यले महासचिवको मन पनि लोभ्याएको तथ्य उहाँको हर्षित मुहारमा पढ्न सकिन्थ्यो ।

    दिउँसो ४ः३० बजे यहाँ आइपुुग्नुुभएका महासचिव गुटेरेसलाई स्वागत गर्न तयारी अवस्थामा हुनुहुन्थ्यो, पोखरा महानगरका प्रमुख धनराज आचार्य र महादेवको मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल । साथमा पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बराल पनि पुग्नुभयो ।

    गुटेरेस दृश्यावलोकन गर्दै विशाल मूर्ति परिसरको दक्षिण पश्चिम कुनामा पुुग्नुुभयो । त्यो कुनाबाट अविचलित हेरिरहँदा लाग्थ्यो उहाँलाई त्यस कुनाले मोहनी नै लगाएको थियो । केहीबेरको हेराइपछि उहाँ मूर्ति परिसरको माथिल्लो तल्लामा पुुग्नुुभयो । त्यहाँबाट पनि दृश्यहरू नियालीरहँदा उहाँ निकै हर्षित मुुद्रामा देखिनुुहुन्थ्यो । उक्त तलाबाट दृश्यावलोकनसँगै विभिन्न विषयमा जानकारी लिएका गुटेरेस त्यहाँबाट झर्नुुभयो । पुनःअघि हेरैकै कुनामा फर्किएर दोहोर्‍याएर हिमालसहितको पोखरा आँखामा कैद गर्नुभयो । त्यहाँबाट फर्किएका गुटेरसको मन अझै रमाएको थिएन । फेरि तेस्रो पटक पनि त्यही कुनामा पुुग्नुुभयो ।

    उहाँ त्यस कुनाबाट देखिने अलौकिक दृश्य चियाउँदै हुनुहुन्थ्यो भने उहाँको स्वागतार्थ त्यहाँ उपस्थित सबैजना गुटेरेसलाई चियाउँदै थिए । पछि उहाँ लोभिएको त्यो कुनातर्फ नै सबैको ध्यान पुग्यो । त्यही कुनालाई पुम्दीकोट विकास समितिले ‘गुुटेरस प्वाइन्ट’का रुपमा विकास गर्ने योजना बनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो विश्वकै अतिविशिष्ट व्यक्तिलाई मोहित बनाएको कुनालाई ‘गुटेरेस प्वाइन्ट’का रुपमा विकास गर्ने सोच अघि बढाइएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

    पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूण दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूण तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूण चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूण दक्षिण हिमाल देख्न सकिन्छ ।

    त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्र्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट व्यक्ति पुुम्दीकोटमा पुुगेबाट नै आफूहरू गौरवान्वित भएको बताउनुहुने पुम्दीकोट विकास समितिका अध्यक्ष बराल उहाँले निकै अभिरुचिपूर्वक फर्कीफर्की गएर त्यहाँबाट हिमालसहितको पोखरा नियाल्दा आफूहरूलाई हर्षित बनाएको बताउनुहुन्छ ।

    महासचिव गुटेरेसले करिब ४५ मिनेट पुम्दीकोटमा बिताउनुभएको पुम्दीकोट कोट विकास समितिका व्यवस्थापक रुद्र पौडेलले बताउनुभयो । पुम्दीकोट आउने पूर्ववत् कार्यक्रम नरहेको र एक घण्टाकै अन्तरालमा कार्यक्रम बनी उहाँ आउनुभएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुटेरेस आउने भएपछि तत्कालै हेलिप्याडको वैकल्पिक व्यवस्थालगायत विषयमा समेत छलफल गरिएको थियो । उहाँ अन्ततःगाडीमा नै पुम्दीकोट पुग्नुभएको थियो । उक्त क्रममा गुटेरेसले पुम्दीकोटको व्यावसायिक प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाउनुभएको उहाँले जानकारी दिनुभयो ।

    जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्मित ५१ फिट अग्लो महादेवको विशाल मूर्ति यतिखेर पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको छ । समितिले सुरुमा १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएकोे हो ।

    मूर्ति निर्माणसँगै पुम्दीकोटमा बढ्दै गएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आफूहरूलाई निकै उत्साहित बनाएको समितिका अध्यक्ष बरालले बताउनुभयो । जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको उल्लेख गर्दै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको बताउनुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना अनुरुपका कामलाई अघि बढाइरहेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको यस स्थानमा आएका पर्यटकले विशाल मूर्तिको अवलोकनसँगै यहाँबाट बृहत् पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूणर्जस्ता हिमशृङ्खला नाङ्गो आँखाले हेर्दछन् ।

    देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने समितिको विश्वास छ ।

    पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।

    समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रमसँगै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण गरिसकिएको छ । विशाल मूर्ति रहेको स्थान कैलाश र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने समितिको कार्ययोजनासमेत छ ।

    त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचा आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

    पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य पुम्दीकोट बनेको समितिका सदस्य मातृका बरालले बताउनुभयो । पछिल्ला समयमा पोखरा आएका विशिष्ट एवं अतिविशिष्ट व्यक्ति पुम्दीकोट पुग्दा आफूहरू हर्षित भएको उहाँले बताउनुभयो । “संयुक्त राष्ट्रसङ्घका महासचिवजस्ता अतिविशिष्ट व्यक्तिको पुम्दीकोटमा भएको आगमनले यहाँको विश्वव्यापी प्रवद्र्धनमा महत्वपूण योगदान पुगेको छ”, उहाँले भन्नुभयो ।

    फेवातालसहितको पोखरा, अन्नपूण, माछापुच्छ्र्रेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रे्रको काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिनुुले यहाँको सौन्दर्यतालाई थप उजागर गरेको छ ।

    पूर्वाधार निर्माणकै क्रममा हालै विशाल मूर्ति परिसरभन्दा यताको थुम्कोमा सुमेरु पर्वत निर्माण गरिसकिएको बरालले जानकारी दिनुुभयो । यसका लागि करिब रु दुई करोड खर्च भइसकेको र यस परियोजनामा बाँकी तीन करोड रुपैयाँ लगानी थप आवश्यक भएको उहाँले बताउनुभयो ।

    पोखरामा आउने पर्यटकलाई साँझमा ‘लेजर लाइट’मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डव नृत्य, महादेवको शिवलीलासमेत प्रदर्शनी गरिने समितिको सोच छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहँुचका लागि विद्युतीय चियर कार, ग्रिनरी पार्क, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने विषय समेटिएको छ ।

    विशाल मूर्ति स्थापनासँगै पुम्दीकोटको महिमा र गरिमा चुलिँदा आसपासका सर्वसाधारण लाभान्वित बनेका छन् । पछिल्ला समयमा होटेललगायत पूर्वाधार एकपछि अर्को गर्दै थपिएका छन् । विगतमा गाउँ छोडेर सहर झर्नेहरू विशाल मूर्ति निर्माणसँगै बढेको पर्यटकीय आकर्षणले पुनः गाउँमा नै फर्कन थालेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ ०६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.