×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखाको चुम उपत्यकालाई चिनाउन म्युजिक भिडियो तयार (भिडियो सहित)

  •  गोरखा समाचार
  • शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने चुम उपत्यकाको परिचय झल्कने गरी म्यूजिक भिडियो तयार पारिएको छ । अनुपम प्राकृतिक सौन्दर्यता र मनोरम दृष्यले भरिपूर्ण क्षेत्रको परिचय दिने गरी ‘‘हाम्रो चुमभ्याली’ नामक म्युजिक भिडियो तयार पारीएको हो । प्रख्यात गायक राजु लामाकाे स्वरमा रहेकाे उक्त भिडियाे गित केही समय भित्रै १ लाख २८ हजार मानिसले हेरी सकेका छन् ।

    साविकको छेकम्पार र चुम्चेत गाविस समेटिएको सुन्दर र शान्त हिमश्रङखलाका काँखमा रहेको चुम उपत्यकाको सौन्दर्यलाई शब्दमा बयान गर्न कठिन हुन्छ । अपार प्राकृतिक स्रोत र साधनको धनी चुम उपत्यका नेपालकै प्रचुर सम्भावना बोकेको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।

    यिनै चुम उपत्यकाको प्राकृतिक सुन्दरता र साँस्कृतिक महत्वलाई श्रव्य–दृश्य मार्फत विश्वसामु चिनाउने उद्देस्यले भर्खरै ‘‘हाम्रो चुमभ्याली’’ चिनारी नामक म्युजिक भिडियो निर्माण गरिएको निर्माण हो । स्थानीयबासी समेत रहेका छाङ दोर्जे लामाको शब्द र राजु थापाकाे संगीतमा रहेको ‘‘हाम्रो चुमभ्याली’’ मा चुम उपत्यकालाई श्रब्य र दृष्यमा समेटिएको छ ।

    चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, स्थानीय युवाहरु समेत साँझेदारी र आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चुम क्षेत्रको हिमाली सुन्दरता, साँस्कृतिक विविधता एवं विविध पक्षहरु गीत तथा म्युजिक भिडियो मार्फत उजागर गरिएको गीतका सर्जक लामाले बताए ।

    ‘‘चुम उपत्यकामा रहेका विभिन्न हिम चुचुराहरु, प्राकृतिक सम्पदा, यहाँका परम्परागत मौलिक भेषभुषा, पहिरन,स्थानीय जिवजनावरहरु जैविक विविधतालाई यो गीत र म्युजिक भिडियो मार्फत उजागर गरिएको छ, उनले भने, ‘‘यसैको माध्यमबाट चुम उपत्यकाको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’’

    पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चुमभ्यालीको ठाउँ विशेष चिनारी स्वरुपको गीत र म्युजिक भिडियोले समग्र चुमभ्याली क्षेत्रको कला, संस्कृतिको संरक्षण सम्बद्र्वनमा समेत भूमिका खेलेको लामाको भनाई छ । उनले ‘‘हाम्रो चुमभ्याली’’ को म्युजिक भिडियो हेरेर चुम उपत्यकाको सौन्दर्यताले पर्यटकलाई लोभ्याउन सकिने बताए ।

    ‘‘सृजनात्मक ढंगले चुम उपत्यका विशेषता र चिनारीलाई प्रचारप्रसार गर्ने सबैभन्दा सरल माध्यम नै श्रब्य–दृश्य माध्यम भएकाले पनि हामीले गीतसंगीतको माध्यमबाट चुम उपत्यकालाई चिनाउने प्रयास गरेका छौ, लामाले भने, ‘‘स्थानीय कलाकारहरुको सहभागीता र भेषभुषाले म्युजिक भिडियो हेर्ने दर्शकका लागि एक पटक आफै चुम भ्याली पुगेको अनुभूति समेत यस भिडियोबाट पाउनेछन् ।’’

    गीतको शब्द चयन र ब्याख्याले समग्र चुम उपत्यकको सुन्दरता र प्राकृतिक मनोरमलाई छोएको छ । अहिंसात्मक क्षेत्रको रुपमा रहेको बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली त्यहाँको अर्को सांस्कृतिक विशेषता पनि हो । चुम उपत्यकामा कुनै पनि जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने र डढेलो लगाउन समेत पाइदैन ।

    अहिंसात्मक क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटकहरु हिम चितुवाका साथै झारल, घोरल, कस्तुरी, मृग, कालिज, डाँफे तथा मुनाल र चौरी गाईसंगको सामिप्यतामा रमाउने अवसर समेत प्राप्त गर्दछन् । त्यसैले चुम उपत्यकालाई खुल्ला चिडियाखानाको रुपमा समेत लिइन्छ । यो दृष्य पनि म्युजिक भिडियोमा देखाइएको छ ।

    चुम उपत्यकामा रहेको बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, चैत्य, स्मारक र तिब्बती सँस्कृतिको महत्व अलग्गै रहेको छ । चुम उपत्यका मु गुम्बा, राजेन आनी गुम्बा लगायत अन्य गुम्बाहरूका साथै प्राकृतिक सौन्दर्यताले भरिएको गणेश हिमाल श्रृखला, शृङ्गी हिमाल, ज्योडाला हिमाल, कुलापासाङ हिमाल र छेप्चे हिमालको दृष्यावलोकनका लागि समेत उपयुक्त क्षेत्र हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ ०६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.