गोरखा । गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर १ जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा पालुङटार नगरपालिका–६ गाँइखुरका ४८ बर्षिय अनन्त परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार परियारले आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा हाइटेन्सन लाइनमा रुखले छोए पछी रुखबाट लडेर गंभिर घाईते भएका थिए । घाईते परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
बिहीबार दिउसो १२ः३० बजे रुख काट्ने क्रममा घाईते भएका परियारको उपचारको क्रममा सोही दिन दिउसो १ः४० बजे ज्यान गएको हो ।
परियारको दमौली अस्पतालमा पोष्टमार्टम पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


