एजेन्सी । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको ज्यान गएको छ । ६ जना बेपत्ता भएका छन् ।
बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका र २ जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।
डुङ्गामा २७ जना रहेकामा ७ जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ।


