काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम बिहीबार अध्यादेश जारी गरेका हुन् ।



