बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको आज निधन भएको छ । निधन भएकी जोशीको उमेर ५० वर्षको भएको गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा निधन भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन ।
उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि रहेको नेपाली काँग्रेस बाजुराले जानकारी दिएको छ ।


