×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाको बारपाक सुलिकोटका बालबालिकाहरुमा रक्तअल्पताको समस्या

  •  गोरखा समाचार
  • बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बारपाक सुलिकोट गाउँपालिका भित्रका बालबालिकाहरुमा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरर्गत पालिका भित्र अध्ययनरत १० बर्ष भन्दामाथि १२ कक्षासम्मका बालबालिकाहरुमा हेमोग्लोबिनको परिक्षण गर्दा धेरै बालबालिकाहरुमा रक्तअल्पताको समस्या देखिएको स्वास्थ शाखाका अधिकृत कृष्ण भट्टले जानकारी दिए ।

    रक्त अल्पता देखिएहरुमध्ये पनि केही बालबालिकाहरुमा कडाखालको रक्तअल्पता देखिएको उनले बताए । ‘‘रगत जाँच गरिएका मध्ये करिब २८.४८ प्रतिशतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ, उनले भने, ‘‘जसमा १४ जना बालिका र २ जना बालक गरी १८ जनामा कडा खालको रक्तअल्पता नै देखिएको छ ।’’ शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जाने स्वास्थ्यकर्मीले जानकारी दिए ।

    जाँच गरिएका मध्ये ५२५ जना बालबालिकाहरुमा हेमोग्लोबिनको मात्रा १० देखि १२ जी÷डीएल रहेको छ पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा ९ जीडीएल भन्दापनि कम रहेको पाइएको छ । हेमोग्लोबिनको मात्रा पुरुषमा १३.५ जीडीएल र महिलाहरूमा १२ जीडीएल भन्दाकम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ ।

    त्यस्तैगरी, हेमोग्लोबिनको मात्रा ९ जीडीएल भन्दाकम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । ‘‘हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्नसक्छ, स्वास्थ्य शाखा अधिकृत भट्टले भने, ‘‘हमोग्लाबिनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा अक्सिजनयुक्त रगत पुरर्याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समेत समस्या देखिनसक्छ ।’’

    स्वास्थ्य शाखाले स्थानीय स्तरमा रहेका ल्याबहरुसंग समन्वय गरी गएको मंसिर २८ गतेबाट पुसको ४ गतेसम्म पालिका भित्रका सवै विद्यालयका बालबालिकाहरुको हेमोग्लोबिन र रक्त सञ्चारग्रुपको परीक्षण गरेको थियो ।

    पोषणयुक्त खानेकुरा भन्दा बाहिरबाट आयात गरिएका जङकफुडको प्रयोगका कारण धेरैजसो बालबालिकाहरुमा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्टको भनाई छ ।

    ‘‘गाउँपालिका भित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यबस्तु बेचेर चाउचाउ खाने बानीको विकासभयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ, उनले भने, ‘‘स्थानीय उत्पादनको प्रयोगभन्दा बाहिरबाट ल्याइएको जङक फुडको प्रयोगले समस्या निम्त्याउदै गएको छ ।’’ कार्यक्रमबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा कार्यक्रम बनाउन सकियो भने पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

    ‘‘यो कार्यक्रम गाउँपालिकाको एउटा सर्भे पनि हो, उनले भने, ‘‘सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु भनेको बालबालिकामा पोषणको अवस्था कमजोर भन्नेपनि पत्ता लगाउनु पनि हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्नका लागि सजिलो हुन्छ ।’’ भट्टले हेमोग्लोविनको मात्रा सुधारका लागि मुख्य रुपमा मानिस व्यक्तिगत खानपानमा सुधार गर्नुपर्ने बताए ।

    कोहीकसैमा परजीवि जुकाका कारणले पनि रक्तअल्पता हुनसक्ने उनको भनाई छ । गाउँपालिकाले हरेक बर्षको मंसिर र जेठमा ६-६ महिनाको फरकमा बालबालिकाहरुलाई नियमित रुपमा जुकाको औषधी पनि खुवाउने गरेको छ । ‘‘विकासका कुरा जतिगरेपनि हाम्रा बालबालिका स्वस्थ्य भएनन् भने हामी सफल हुनसक्दैनौ, उनले भने, ‘‘बालबालिका भनेका भोलीका कर्णधार हुन हामीले बालबालिकाहरुको बृति विकासमा ध्यान दिनैपर्छ ।’’

    पालिका भित्रका बालबालिकाहरुमा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अवदेखि किशोरीहरुका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने योजना बनाएको उनको भनाई छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.