गोरखा । हराएको मोवाईल पाएपछी गोरखा प्रहरीले मोवाइल धनीलाई बुझाएको छ । शहिदलखन गाउँपालिका–७ मास्किछाप बस्ने विनिता थापाको हराएको ‘आइफोन १२ प्रो म्याक्स’ मोवाइल प्रहरीले मोवाईल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘‘गत पुसको २९ गते मोवाइल हराएको भन्दै थापाले प्रहरीमा निवेदन दिनुभएको थियो ।’’ सम्बन्धित निवेदनको आधारमा खोजतलास गर्दा भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा उक्त मोवाइल फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।
मोवाइल धनीको सहमति अनुसार थापाकी बहिनी गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी कञ्चन थापा मगरलाई मोवाइल जिम्मा लगाइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




















