सिमकोट । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका १ जना नेपालीको ज्यान गएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको ज्यान गएको हो ।
होटल सञ्चालक थापाको हृदयघातका कारण माघ २ गते ज्यान गएको हो । उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको आफन्त कुमार भण्डारीले जानकारी दिए ।
हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी बताए ।


