डोटी । डोटीमा जङ्गली बँदेलको आक्रमणबाट १ जना महिलाको ज्यान गएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज ज्यान गएको डोटी प्रहरीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गंभिर घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा ज्यान गएको हो ।
आज बिहान घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।




















