चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ ।
प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाको थप अध्ययन भइरहेको उनले बताए ।


