गोरखा । साता दिन अगाडी गोरखाको तल्लो कोखे स्थित बगौचामा भएको कुटपिट मुद्वामा प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना युवामाथी कर्तब्य ज्यान मुद्वामा कानूनी कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पौष २५ गते बुधबारका दिन बेलुकी ७ः३० बजेको समयमा गोरखा नगरपालिका–२ तल्लो कोखे स्थित बगैंचामा केही युवाहरुले फिरोज मियाँलाई निर्धात कुटपिट गरेका थिए ।
प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा सिरानचोक गाउँपालिका–६ महटार बस्ने बर्ष २५ को सुशिल परियार र गोरखा नगरपालिका–२ कोखे आहाले बस्ने बर्ष २१ को पुर्णबहादुर परियारलाई पक्राउ गरी ज्यान मुद्वामा कानूनी कारवाही अगाडी बढाएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार दुवैजनाले ज्यानै मार्ने नियतले बञ्चरोको बिंडले निजको टाउको समेतको भागमा प्रहार गरी गम्भिर घाईते बनाएको थियो । गंभिर घाईते मियाको चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न दुवै जना बिरुद्व गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थपगरी प्रहरीको हिरासतमा राखी अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।


