गोरखा । उत्तरी गोरखाको छेकम्पार बजारमा रहेको एक होटलमा गएराती आगलागी भएको छ । चुमनुब्री गाउँपालिका–७ को छेकम्पारमा रहेको ट्रेकस होम होटलमा आगलागीबाट १ करोडभन्दा माथी क्षती भएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
मध्यरात हाेटलमा आगलागि हुदाकाे द्वष्य
उनका अनुसार रातका समयमा लागेको आगोले हालै सञ्चालनमा आएको उक्त होटल पूर्ण रुपमा ध्वस्त भएको छ । १२ कोठाको उक्त होटलका सञ्चालक काठमाडौं गएका बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
मध्यरात हाेटलमा आगलागि हुदाकाे द्वष्य र आगाे नियन्त्रणमा आएपछी बिहानी द्वष्य
उक्त होटल ०७८ सालको अन्तिम बाट छिरिङ नोर्के लामाले सञ्चालन गर्दै आएका थिए । पालिका अध्यक्ष लामाका अनुसार होटल सञ्चालक श्रीमान श्रीमती नै राजधानीमा अध्ययरत छोराछोरीलाई लिन जादा होटलमा आगलागी भएको हो ।
आगलागी पछी भग्नावशेष देखिएकाे हाेटल
आईतबार बिहान १ बजेतिरबाट आगलागी भएको प्रनाउ एवं सूचना अधिकारीले श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त आगो स्थानिय र प्रहरीको सहयोगमा बिहान ४ बजेतिर नियन्त्रणमा लिईएको थियो ।
आगलागी पछी भग्नावशेष देखिएकाे हाेटल
प्रहरीको प्रारम्भीक अनुसन्धानमा उक्त होटल बिद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागी पछी भग्नावशेष देखिएकाे हाेटल
मध्यरातमा हाेटलमा भएकाे आगलागि







