×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कार्गो जहाजमाथि थप आक्रमणको धम्की लगत्तै अमेरिकाले यमन माथी आक्रमण थाल्यो

  •  गोरखा समाचार
  • शनिबार, पुष २८, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रासस । इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

    प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध चेतावनी दिएको हो ।

    यमनले ‘रेड सी’ मा इजरायल सम्वद्ध जहाजमाथि आक्रमण बढाएको एक दिनपछि हुथीको राडार साइटमा आक्रमण भएको हो ।

    इरान समर्थित लडाकूको सरकारी सञ्चारमाध्यमले यसअघि यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा रहेको अल–दैलामी एयरबेसमा आक्रमण भएको जनाएको थियो ।

    इजरायल–हमास युद्धको विरोधमा हप्तौंदेखि इजरायलसँग जोडिएको पानीजहाजमा आक्रमण गर्दै आएका हुथी विद्रोहीले पहिलो आक्रमणपछि अमेरिका र बेलायतको स्वार्थ ‘वैध निशाना’ भएको चेतावनी दिएका छन् ।

    बेलायत, संयुक्त राज्य अमेरिका र आठ सहयोगी राष्ट्रले शुक्रबार गरिएको हवाई आक्रमणको उद्देश्य ‘तनाव कम गर्ने’ रहेको बताएका छन् तर हुथी विद्रोहीले आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    विद्रोहीहरूको सर्वोच्च राजनीतिक परिषद्ले भनेको छ, “आक्रमणपछि सबै अमेरिकी–बेलायती स्वार्थहरू वैध निशाना बनेका छन् ।”

    विद्रोहीका उपविदेशमन्त्री हुसेन अल एज्जीले संयुक्त राज्य अमेरिका र बेलायतले ठूलो मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन् ।

    सन् २०१४ मा गृहयुद्ध सुरु भएदेखि नै विद्रोहीहरूले यमनको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् र इजरायल र यी गतिविधि उसका सहयोगीहरूविरुद्ध इरान समर्थित ‘प्रतिरोधको उच्चतम’ हिस्सा हुन् ।

    यमन, लेबनान, इराक र सिरियामा अक्टोबरको सुरुमा गाजामा युद्ध सुरु भएयता इरानसमर्थित समूहमाथि हिंसा बढेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई तनाव नबढाउन आग्रह गर्नुभएको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिनुभयो ।

    हुथी विद्रोहीले पानीजहाजमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रस्ताव पारित गरेको केही दिनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार आपतकालीन बैठक बोलाएको थियो ।

    भेटमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हुथी विद्रोहीले ‘रेड सी’ मा पानीजहाज सञ्चालन गर्दा हुने खतराबाट कुनै पनि जहाज सुरक्षित नरहेको चेतावनी दिनुभएको थियो ।

    रूसी राजदूत भासिली नेबेन्जियाले देशको सम्पूर्ण जनतामाथि भएको ‘निर्लज्ज सशस्त्र आक्रमण’को निन्दा गर्नुभएको छ ।

    मध्यपूर्वका नेताहरूले हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमाथिको आक्रमणलाई अनुचित भन्दै यसले ‘रेड सी’ क्षेत्र रक्तपातपूर्ण बन्नसक्ने बताउनुभएको छ ।

    साउदी अरबले सैन्य कारबाहीलाई निकै चिन्ताका साथ हेरिरहेको बताउँदै ‘आत्मसंयम र तनावबाट जोगिन’ आह्वान गरेको छ ।

    सन् २०२२ को सुरुमा भएको युद्धविरामपछि साउदी अरबले हुथी विद्रोहीसँग नौ वर्षसम्म चलेको युद्धबाट आफूलाई मुक्त गर्ने प्रयास गरिरहेको छ ।

    हमासले क्षेत्रीय सुरक्षामा परेको असरका लागि बेलायत र संयुक्त राज्य अमेरिकालाई जिम्मेवार भएको दावी गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.