गोरखा । गोरखा जेसिज गोरखाले पूर्णता पाएको छ । पूर्णता पाए संगै शुक्रबार साँझ ४३औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
बर्ष २०२४ का लागि अध्यक्षमा अश्विन ढुङ्गाना निर्विरोध निर्वाचित भए संगै उनले कानूनी सल्लाहकार, महासविच र कोषाध्यक्ष नियुत्त गर्न बाकी रहेको थियो ।
अध्यक्ष ढुङ्गानाले कानूनी सल्लाहकारमा प्रमोद जंङ कुवर, महासचिवमा सुजित श्रेष्ठ र कोषाध्यक्षमा बुद्वी जोगीलाई चयन गरेका छन् । यस अघि पौष २१ गते शनिबार सम्पन्न ४३ औँ अधिवेशनबाट बर्ष २०२४ का लागि अध्यक्षमा ढुङ्गाना निर्विरोध चयन भएका थिए ।
सोही अधिवेशनमा कार्यकारी उपाध्यक्षमा निर्वाचन प्रणली मार्फत विष्णु थापा मगर र राजेश श्रेष्ठ निर्वाचित भएका थिए ।
अधिवेशनबाट उपाध्क्षयहरु श्याम आले, अविन श्रेष्ठ, रविन श्रेष्ठ र सन्दिप ढकाल, सहसचिवमा ताराबहादुर खड्का, सहकोषाध्क्षयमा सन्देश खत्री निर्विरोध निर्वाचित भएका थिए ।
३१ सदस्यीय कार्य समितिले पौष २७ गते पूर्णता पाएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।
शुक्रबार सम्पन्न पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष पुष्कर गुरुङले बर्ष २०२४ का अध्यक्ष ढुङ्गानालाई पदस्थापना गराउदै पद हस्तान्तरण गरेका थिए ।


