काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज ३ वटा खेल हुँदैछन् ।
कीर्तिपुरमा बाग्मती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीमा कोशी प्रदेश र मधेस प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ ।
यो प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोली सहभागी छन् । खेल कीर्तिपुर, मूलपानी र भैरहवाको सिद्धार्थ रङ्गशालामा हुनेछ ।
प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।
यस पटकदेखि शीर्ष ४ टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।



