गोरखा । गोरखा सदरमुकाममा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशमा ठुलो संख्यामा सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।
पार्टीले बर्षेनी गर्ने एकता दिवशमा यो अहिलेसम्मकै ठुलो संख्यामा मानिसहरु भेला भएको हो ।
गोरखा संग्रालय परिषर भित्र भएको कार्यक्रम अगाडी बाँजागाजा सहितकाे रर्याली निकालिएको थियो ।
गोरखा सदरमुकामको कालिमाटी बजारदेखी सुरु भएको रर्यालीले शत्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन हुदै संग्रालय परिषर भित्र प्रवेश गरेको थियो ।
कडा सुरक्षा बिच भएको उक्त कार्यक्रमलाई संबोधन गर्न राप्रपाका प्रमुख सचेत एवं साँसद ज्ञानेन्द्रबहादुर शाही आएका थिए ।
शाहीलाई केही उश्रृखत ब्यतिले आक्रमण गर्ने योजना भएको भन्दै नेपाल प्रहरी र शसत्र प्रहरीले कडा सुरक्षा ब्यवस्था मिलाएको थियो ।
कार्यक्रममा संग्रालय परिषर भित्र रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा शाही लगाएत अन्य ब्यतीहरुले पनि माल्यार्पण गरेका थिए ।
























