×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बिसे नगर्चीका सन्ततिद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायणको सालिकमा नगरा

  •  गोरखा समाचार
  • शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रासस

    काठमाडौं । नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पुरर्याएकाे योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ तर आज काठमाडौँको चन्द्रागिरि डाँडामा भने अलग्गै र नयाँ तरिकाबाट उहाँको स्मरण गरिएको छ । चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ ।

    त्यससमय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौँ उपत्यका) माथि विजय हासिल गर्ने प्रण पृथ्वीनारायण शाहले यही डाँडाबाट गरेको इतिहास रहेकाले चन्द्रागिरि हिल्स लिमिटेडले विसं २०७४ मा यहाँ निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुभएको थियो ।

    सो ऐतिहासिकस्थलमा निर्मित सालिकमा आज पृथ्वीनारायण शाहको नेपाल एकीकरणका एक ऐतिहासिक व्यक्ति बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाएर नगरा लगाई उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    गोरखाबाट आएका बिसेका सन्ततिले पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर स्मरण गरेका हुन् । इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथी हुन् ।

    गोरखाको माझकोट नजिकै बस्दै आएका बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेको इतिहासमा पाइन्छ । त्यस समय नेपाल एकीकरणका लागि हातहतियार किन्न रकम अभाव भएको अवस्थामा नगर्चीले नै गोरखा राज्यका घरधुरीबाट प्रतिघरधुरी एक रुपैयाँ कर उठाउन सुझाउँदै आफैँले एक रुपैयाँ झिकेर राजालाई दिइ यसको सुरुआतसमेत गराएका थिए भन्ने इतिहास पाइन्छ ।

    यसरी सङ्कलन गरिएको सो रकमबाट शाहले वनारसबाट हातहतियार किनेर ल्याएको र थप सैन्य भर्ती गरी उनीहरुका लागि हतियार किनेको इतिहासविद्को भनाइ छ । त्यसैगरी युद्धका समयमा सैनिक कपडा सिलाइदिने र विजयपछि बजाउने बाजा बनाउन र बजाउन पनि नगर्ची परिवारको योगदान रहेको थियो ।

    चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आयोजित कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपालले तथ्यहरुका आधारमा भन्दा पनि अफवाहमा विश्वास गरी इतिहासको व्याख्या हुने गरेको भन्दै राष्ट्रनिर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीनारायणको योगदान नहुँदो हो त नेपाल आज स्वतन्त्र र सर्वभौम मुलुक नहरन पनि सक्थ्यो । जसले यो राष्ट्र बनाए र बचाए आज उनैलाई राज्यले सम्मान नगर्नु दुःखद् हो ।”

    त्यसैगरी नेपालको इतिहास र संस्कृतिका अध्येता हरिप्रसाद सोडारीले वर्तमान नेपाल राज्यका प्रणेता पृथ्वीनाराण शाहप्रति देशले सम्मान प्रदान गर्दै उनको योगदानको थप अध्ययन र अनुसन्धान हुन जरुरी छ भन्नुभयो ।

    चन्द्रागिरि हिल्स लिमिटेडका पूर्वमहाप्रबन्धक अभिषेकविक्रम शाह र निमित्त महाप्रबन्धक श्याम तण्डुकारले चन्द्रागिरि डाँडा नेपाल एकीकरणको इतिहाससँग जोडिएकाले यो महत्वलाई सदा जीवन्त राख्न पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको जानकारी दिनुभयो । यस दिन नेपालको इतिहास र संस्कृतिप्रति जानकारी राख्ने नेपालीहरु यहाँ आएर पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्ने गरेका पूर्वमहाप्रबन्धक शाहले बताउनुभयो ।

    उता गोरखाबाट आउनुभएकी बिसेकी सन्तति तिलकुमारी परियारले तत्कालीन राजालाई समेत सहयोग र सल्लाह गर्नसक्ने बिसेको योगदानकोसमेत उचित कदर हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस समय राजाले दिएको लालमोहर हाम्रा साथमा छ तर हातमा केही छैन ।” उहाँले बिसेको नाममा गोरखामा एक सङ्ग्रहालय बनाउनुपर्ने बताउनुभयो । आज सो कार्यक्रममा पृथ्वीनारायाण शाहप्रति सम्मान प्रकट गर्न तिलकुमारीसहित शिवशङ्कर परियार, यादव परियार, पूर्णबहादुर परियार र राजु परियार आउनुभएको थियो ।

    उहाँहरुले देशले इतिहास बिर्संदै गएको महसुस आफूहरुलाई भएकाबेला बिसे नगर्चीका सन्ततिलाई चन्द्रागिरि हिल्सले स्मरण गरी यहाँसम्म आमन्त्रण गरेकामा खुसी लागेको बताउनुभयो ।

    गोरखा माझकोटमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकामाथि विसं १८२६ विजय हासिल गरेपछि आधुनिक नेपालको जग बसालेका थिए । उनको जन्मदिन पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा नेपालभर मनाउने गरिएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.