गोरखा । आज ३०२औं पृथ्वी जयन्ती । सो अवशरमा गोरखा सदरमुकामको ठुलो आँगनमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण र राष्ट्र निर्माता सलामी दिईएको छ ।
गोरखा नगरपालिकाको आयोजना तथा रिपु मर्दन गणके समन्वयमा तात्कालिन राजा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण र सलामी दिईएको हो ।
सालिकमा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले माल्र्याण गरेका थिए भने नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीले राष्ट्र निर्माता सलामी अर्पण गरेका थिए ।
माल्र्यापण र सलामी दिनु पूर्व जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट बाजागाँजा सहितको रर्यालीले नगरको विभिन्न भागको परिक्रममा गरेको थियो ।
केही तस्बिरहरु























