राजधानीमा बुधबार आयाेजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका बम्जन
सर्लाही । लिटिल बुद्व भनेर चिनिने रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा आज उपस्थित गराएको छ । अनुयायी बेपत्ता पारेको अभियोग लागेका उनलाई बिहीबार बिशेष सुरक्षा सहित अदालत उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।
अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको उनले जानकारी दिए । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।
ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।




















