गोरखा । गोरखा नगरपालिका–१४ को अकला मन्दिर नजिकै पौष १६ गते मृत्त अवस्थामा फेला परेको ब्यत्तिको आफ्नै साथीले हत्या गरेको आरोपमा गोरखा प्रहरीले १ जना युवकलाइे सार्वजनिक गरेको छ । प्रहरीले महेश भनिने शम्सेरबावु पन्तको हत्या आरोपमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षका किसान परियारलाई आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले आज पत्रकार सम्मेलनमा परियारले पन्तको हत्या ब्यत्तिगत रिसईवीका कारण भएको जानकारी दिए । ‘प्रारम्भीक अनुसन्धानमा पन्तको हत्या ब्यत्तिगत रिसईवीका कारण भएको देखिन्छ’ उनले भने ‘ब्यत्तिगत रिसईवी के हो भन्ने बारेमा हामीले आरोपितबाट पुष्टी गर्न बाँकी रहेको छ ।’
उनले हत्या ब्यत्तिगत रिसईवीका कारण भएको भएता पनि कारण के हो भन्ने बिषय अनुन्धान गर्न बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । हत्या पछी राजधानीमा लुकीछिपी बस्दै आएका परियारलाई उपत्यका अपराध अनुसन्धानको टोलीले पक्राउ गरी गोरखा प्रहरीलाई बुझाएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
गोरखा नगरपालिका–१४ को अकला मन्दिर संगै हिल कटेज नाम गरेको होटल सञ्चालन गर्दै आएका पन्तको पौष ९ गते राती ९ बजे चक्कु र खुर्पा प्रहार गरी हत्या भएको र पौष १६ गते मात्र उनको शव सोही होटल भित्र फेला परेको थियो । प्रहरीले हत्या गर्न प्रयोग गरिएको चक्कु र खुर्पा तथा हत्या भएका ब्यक्तिको मोबाइल समेत सार्वजनिक गरेको थियो ।
परियारलाई मंगलबार नै राजधानीबाट गोरखा ल्याएको र कतब्र्य ज्यान शिर्षक कसूर मुद्वा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जनाएको छ । प्रहरीको आँखामा छोरो हाल्न सफल परियार १६ दिन पछी पक्राउ परेकाे हाे ।
घटना क्रम
पौष ९ गते परियार र पन्त बिच पन्तको हिल कटेजमा सामान्य विवाद भएको थियो । लागु पदार्थ सेवन गर्ने परियारले सोही कुरालाई रिसईवी लिएर पुनः राती सोही कटेजमा पुगेर पन्त संग झगडा गरेका थिए ।
झगडा गर्ने क्रममा परियारले कटेजमा नै रहेको खुर्पा र चक्कुले शरिरको पछाडीको भागमा अन्धाधुन्धा प्रहार गर्दा उनी गंभिर घाईते भएका थिए । घटना हुदा रातको ९ बजी सकेको थियो ।
पन्तको हत्या पश्चात कटेजको पछाडीको भागबाट भाग्ने क्रममा परियारको देब्रे हातको चोर औला ढोकाले च्यापेको थियो ।
तत्कालै हत्या गर्न प्रयोग भएको चक्कु र खुर्पा सोही जंगलमा फालेर सलाङ गिरी पुगेर रात काटेका थिए । उनले पन्तको मोबाइल समेत साथमा लिएर भागेका थिए ।
हत्या गरेको भोलीपल्ट पौष १० गते परियार गोरखा नगरपालिका–१२ को दशकिलो भन्ने स्थानमा आफ्ना दिदी भिनाजुको घरमा बस्दै आएकोमा पन्त हत्याको बजार हल्ला संगै उनी पौष १९ गते राजधानीको कलंकीमा रहेको दिदीको घरमा लुकीछिपी बस्दै आएका थिए ।
राजधानीमा बस्दै आएका परियारले गोरखाको दशकिलोमा रहेको भिनाजुलाई ललाईफकाई पन्तसंग चोरी गरेर ल्याएको मोबाइल फुटाएर जमिन मुनी गाड्न लगाएका थिए ।
गोरखा प्रहरीले उक्क मोबाईल २४ गते दिदी भिनाजुको घरको ५० मिटर पर जमिन मुनी गाडेर राखेको अवस्थामा फेला पारेको थियो । २४ गतेराती नै प्रहरीको बयानमा परियारले प्रयोग गरेको हतियार मन्दिर वरपरको जंगलमा फालेको बयान पछि बुधबार गोरखा प्रहरीले उक्त हतियार फेला पार्न सफल भएको हो ।
प्रहरीले यो बिचमा (पौष १६ गतेदेखी २४ गतेसम्म) शंकास्पद ३० जना संग बयान लिएको थियो ।
अनुसन्धानमा ग्राउण्ड लेबल र प्रविधी दुवै प्रयोग
हत्या पश्चात हत्यारा पत्ता लगाउन गोरखा प्रहरीलाई हम्मेहम्मे परेको बेला प्रहरीले सादा पोसाकमा ५ जनाको समूहलाई गाँउमा पन्तका साथी वा सम्र्पकका ब्यत्तिहरु बुझन खटाएको थियो । दैनिक जसो आउने सूचनालाई एकिकृत गरी परियारको खोजी गर्दा सोही समयदेखी बेपत्ता भएको बुझन आएपछी उनको खोजी भएको थियो ।
प्रहरीले हत्याराको खोजीमा ठुलो समूहको परिचालन गरेको प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए । उनले त्यस बाहेक पनि प्रविधीको प्रयोग संगै परियारलाई पक्राउ गर्न सहज भएको बताए ।










