गोरखा । जिल्लामा सञ्चालित साक्षरता कार्यक्रमको सहकार्य र विस्तार मोडल अन्तर्गत अजिरकोट गाउँपालिका भित्रका विद्यालयमा आगामी शैक्षिक शत्रदेखी साक्षरता विस्तार कार्यक्रम लागु हुनेभएको छ ।
शैक्षिक सत्र २०८१ देखी गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्न लागिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सिताराम पन्तले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रमले कक्षा १ देखि ३ सम्मका बालबालिकाको भाषिक सिप विकास र कक्षा १ देखि ५ सम्मका बालबालिकाको पढ्ने वानीको विकासमा सघाउ पुरर्याउने छ ।
कार्यक्रमले शिक्षक पेशामा सिप विकास, पुस्तकालय व्यवस्थापन र प्रयोग, सामग्री सहयोग र व्यवस्थापन, कक्षा अवलोकन र सहयोग आदान प्रदान लगायतका गतिविधि हुने शिक्षा शाखाले जानकारी दिएको छ ।
सहकार्य र विस्तार ढाँचा अन्तगर्त छनौट हुने विद्यालयका प्रअ तथा प्रतिनीधिहरुका लागि आज १ दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको प्रमुख पन्तले जानकारी दिए ।
शैक्षिक गतिबिधि अगाडी बढाउन गाउँपालिकाले ९ सामुदायिक विद्यालयमा फर्निचर व्यवस्थापन समेत गरिसकेको गाँउपालिका प्रमुख दिपक देवकोटाले जानकारी दिए ।
आजको अभिमुखीकरणमा बालबालिकामा पर्ने सिकाइ भारीले बालबालिकामा निम्तीने दिर्घकालिन समस्या, र तिनको सहजीकरणमा शिक्षक तथा घरपरिवारको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।
यो कार्यक्रम रुम टु रिडको प्राबिधिक सहगोग, एकीकरण नेपालका व्यवस्थापन र सम्बन्धीत गाउँ तथा नगरपालिकाको साझेदारीमा २ वर्ष देखी जिल्ला भित्रका १०० सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम संचालन हुदै आएको छ ।


