साँकेतिक तस्बिर
गोरखा । गोरखाको अकला मन्दिर छेवैमा होटल सञ्चालन गरेर बसेका १ जना युवकको हत्या आरोपमा गोरखा प्रहरीले सफलता प्राप्त गरेको छ । पन्तको हत्या आरोपमा स्थानिय १ युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका युवकलाई गोरखा प्रहरीले आजै (बुधबार) ५ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
पालुङटार नगरपालिका–८ धुवाकोट लामाचौरका २८ बर्षिय पन्त पौष १६ गते सोमबार मृत्त अवस्थामा फेला परेका थिए । पन्तको हत्या भएको बारेमा गोरखा प्रहरी गहन अनुसन्धान थालेको थियो ।
पन्तले गोरखा नगरपालिका–१४ को अकला मन्दिर छेवैमा हिल कटेज होटल सञ्चालन गर्दै आएका थिए ।पन्तको शरिरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएपछी हत्या भएको आशंका प्रहरीले अनुसन्धानको धेरा फराकिलो पार्दै अनुसन्धान थालेको थियो ।
घरबाट हिडेको हप्ता दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछी पौष १६ गते सोमबार बिहान मात्र उनका आमा छोरालाई भेटन उक्त स्थानमा पुगेका बेला छोरा मृत्त अवस्थामा फेला परेपछी प्रहरीलाई खबर गरेका थिए ।
पन्तको टाउकोको पछाडीको भाग र खुट्टाको तल्लो भागमा धारिलो हतियारको चोट देखिएको थियो ।




















