साँकेतिक तस्बिर
दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार २ जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको ज्यान गएको पुष्टी भएको छ ।
सडकबाट अन्दाजी १५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई गंभिर घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी जिपमा सवार अन्य १० जना घाइते भएका छन् । उनीहरुको पनि स्वास्थ्य उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।


