एजेन्सी । भारतको उत्तर प्रदेशमा ५ जना बालबालिकाको निसास्सिएर ज्यान गएको छ ।
उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका ७ जनामध्ये ५ जनाको निसास्सिएर ज्यान गएको र २ जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोइला बालेर खाना पकाएका र त्यही कोठामा ७ जना सुतेका थिए ।
कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको ज्यान गएकोे प्रारम्भिक अनुमान गरिएको छ ।




















