×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाको म्याद ८५ साल असार मसान्तसम्म थपियो

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा कार्यरत मनास्लु संरक्षण क्षेत्र (एमक्याप) आयोजनाको म्याद थप भएको छ । नेपाल सरकार मन्त्री परिषदको पौष ५ गते बसेको बैठकले एमक्यापको म्याद ०८५ साल असार मसान्तसम्म थप्ने निर्णय गरेको हो ।

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कार्य क्षेत्र रहेको एमक्यापले उक्त क्षेत्रको संरक्षण र ब्यवस्थापनको काम हेर्दै आएको छ । ०७७ साल आसार १३ गतेदेखी म्याद सकिएको कार्यालयलको ढिला गरी सरकारले म्याद थपिदिएको हो । म्याद थप नहुदा कार्यालयका कर्मचारीहरुले नियमीत काम बाहेकका अन्य कामहरु केही गर्न पाएका थिएनन् ।

    अब भने संरक्षण र ब्यवस्थापनका लागि कार्ययोजना बनाएर काम थाल्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । ‘लामो अन्यौलता पछि सरकारले म्याद थपेको छ’, उनले भने ‘म्याद थप संगै अब केही समय भित्रै संरक्षण क्षेत्रको ब्यवस्थापन योजना र संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पठाउन निर्देशन भएको छ ।’

    संरक्षण क्षेत्रको ब्यवस्थापन योजना र संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पठाउन निर्देशन पनि अबको ४ महिना भित्रै पठाइसक्न पत्र आएको भन्दै प्रमुख शेरचनले कार्यायले योजना र नियमावली तथा निर्देशिका संशोधन प्रस्ताव तयारीको काम भई रहेको बताए ।

    त्यस क्षेत्रको प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचारप्रसार गर्दै आएको एमक्यापले पर्यटकलाई भ्रमण अनुमति दिने, राजस्व संकलन गर्ने, जडीबुटी विक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायतका कामहरु गर्दै आएको छ ।

    २०५५ सालमा स्थापना भएको आयोजनाले उत्तरी गोरखाको कुल १ हजार ६६३ वर्ग किमि क्षेत्र ओगटेको छ । यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ ।

    यो क्षेत्र ईस १९९१ पछि मात्र विदेशीहरूका लागि खुला गरिएको हो । पहिले पहिले गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्थ्यो । हिजो आज यो क्षेत्रको सिमामा सडक सञ्जाल पुगिसकेको कारण आधा समयमा नै यो क्षेत्रको भ्रमण सहजै गर्न सकिन्छ ।

    यस क्षेत्रको उँचाइ समुन्द्र सहतदेखी ६०० मिटरदेखि संसारको आठौं अग्लो चुचुरो ८ हजार १६३ मिटरको मनास्लुसम्म फैलिएको छ । यही क्षेत्रमा लार्के भञ्ज्याङ ५ हजार १०६ मिटर नाघेर मनाङ प्रवेश गर्न सकिन्छ । यो क्षेत्रमा विश्वकै पबित्र श्रृंगी हिमाल, कल्छुमन ताल, बिरेन्द्र ताल, मु गुम्बा तथा राजेन गुम्बा पर्दछ ।

    अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा नुब्रीपा र चुम्पा जातिहरूको बस्ती रहेको छ । करिब ९ हजार जति जनसंख्या रहेको त्यो क्षेत्रका अधिकासं समुदायले बौद्विष्ट धर्म मान्ने गर्दछन् । उनीहरूको रहनसहन तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ भने मुख्य पेशा पशुपालन तथा कृषिमा आधारित छ ।

    हिउँदे मौसममा उनीहरू कामको खोजीमा तल्लो क्षेत्रमा झर्ने गर्दछन । यस संरक्षण क्षेत्रमा करिब २९ प्रजातिका स्तनधारी जन्तुहरू जस्तै– हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब ११० प्रकारका चराहरू र ३ प्रकारका सर्पजातिहरू एवं २०० भन्दा बढी हिमाली वनस्पतिहरू पाइन्छन् ।

    साविकको ७ वटा गाविस सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाँउ मिलाएर (अहिले ७ वटा वडा रहेको) आयोजनाको कार्य क्षेत्र बनेको हो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.