गोरखा । गोरखाको भच्चेकमा स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री पूनरावलोकन तथा परिर्माजन कार्यशाला सुरु भएको छ ।
गाउँपालिकाको आयोजना तथा रुम टु रिडको प्राबिधिक सहयोगमा स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री पूनरावलोकन तथा परिर्माजन कार्यशाला संचालनमा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले जानकारी दिए ।
कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा तथा पूर्नलेखन, कक्षा ४ को नयाँ पाठ्यपुस्तक लेखन र कक्षा १ देखि ५ को पाठ्यक्रम पूर्नलेखन गर्ने उद्देश्यले कार्यशाला संचालन गरिएको उनले बताए ।
सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाका सूचकहरुले शैक्षिक क्षेत्रमा धेरै सुधार आवश्यक भएको देखिने गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताए । शैक्षिक स्तरोन्नतीको लागि विद्यालयको भौतिक तथा शैक्षिक अवस्थामा परिर्वतनका निम्ती गाउँपालिकाले रुम टु रिडको साथ र सहयोग प्राप्त गरेको उनले बताए ।
‘राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकिएको स्थानीय आवश्यकता सुहाउँदो विषयवस्तुहरुलाई समायोजित गर्दै अब बन्ने पाठ्यक्रम र पाठ्यपुस्तक उत्कृष्ट बन्नेछ’ उनले भने, ‘संस्थासँग अबको शैक्षिक सत्र २०८१ मा नमूना प्रर्दशन, सहर्काय र प्राबिधिक मोडेलमा पालिका भित्रका १८ वटा विद्यालयमा साक्षरता कार्यक्रम संचालित हुँदा अजिरकोटको शैक्षिक जग मजबुद बन्नेछ ।’
पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका क्रममा हामिले खोज्दै, सिक्दै लिपिबद्ध गरियो र छोटो समयमै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न सक्यौ, पाठ्यपुस्तक लेखन समितिका सदस्य बिरबहादुर गुरुङ बताए ।
आजबाट सुरुभएको कार्यक्रम ३ दिन सम्म चल्ने छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थि शिक्षा शाखा प्रमुख पन्त, रुम टु रिडका दिनेश संजेल, अनन्त वाग्ले, राजन सापकोटा, एलबि खड्का, सन्तोष खनाल, दिल धामी सुसिल तिमल्सिना लगायतको उपस्थिती रहेको छ ।


