गोरखा । गोरखाको मझुवा देउराली क्षेत्रमा रहेको सामुदायिक बिद्यालयमा अध्ययरत साना नानीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
बालबालिकाहरुको स्वास्थ्य र शिक्षाकालागी नेपाली सुत्रपात नामक गैर सरकारी संस्थाले त्यस क्षेत्रमा रहेको ५ बिद्यालयका २१९ जना बालबालिकाहरुलाई उक्त सामाग्री बितरण गरेको संस्थापक उपाध्यक्ष मनोजवावु अधिकारीले जानकारी दिए ।
अधिकारी अनुसार गोरखा नगरपालिका–१३ को मझुवा देउराली क्षेत्रमा रहेको फुलबारी, कर्म सिंह र बनदेवी प्रार्थमिक बिद्यालय तथा रामशाह आधारभूत र रामशाह उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत २१९ जना बिद्यालर्थीहरुलाई स्विटर, टोपी, ट्याकसुट, मोजा, जुत्ता, खेलौना र कपीहरु बितरण गरिएको हो ।
काठमाडौं महानगरपालिका–१६ को बालाजुमा कार्यालय रहेको संस्थाले ति बिद्यालयका ईसिडी देखी कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई उक्त सामाग्री बितरण गर्दा ३ लाख बरावर खर्च भएको जानकारी दिएको छ ।


