गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा हिजोदेखी ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आएको छ ।
भिमसेनथापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको सहकार्यमा खान्चोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।
र्पाैष २५ गतेसम्म सञ्चालनमा आउने शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीबाटहरुले स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिरहेको प्रमुखखनालले बताए ।
शिविरमा छाला, हाडजोर्नी तथा नसा, अकुपंचर, हात खुट्टामा खिल पल्टेको, कोठी पलाएको, शरिरमा आएको मुसा लगायतका जाँच तथा निःशुल्क उपचार सेवा प्रदान गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




















