गोरखा । राजधानीको गोंगबुमा टिपरको ठक्करले गोरखाका १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा घरभई हाल तार्केश्वर नगरपालिका चिसापानी बस्ने २५ बर्षका रनबहादुर तामाङ भएको प्रहरीले पुष्टी गरेको हो ।
तामाङलाई काठमाडौं महानगरपालिका–२६ को गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै गएराति बाग्मती प्रदेश ०३–००१ प ५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तामाङको ज्यान गएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा राजधानीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।
टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




















