गोरखा । मानव तस्करी गरेको आरोपमा गोरखाका १ जना युवक सहित २ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
वेरोजगार युवाहरलाई रसियामा रहेको एक होटलमा आर्कषण तलवको प्रलोभन देखाएर मानव तस्करी गर्न खोेजेको आरोपमा गोरखा नगरपालिका–१ घर भएका अर्जुन श्रेष्ठ भन्ने ३१ बर्षका अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
हाल जिल्ला काठमाण्डौ महानगरपालिका–३१ मिलनचोक बस्दै आएका सुनार अलास्का ट्राभल्सको सञ्चालक समेत रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सुनारसंगै सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नम्बर १ घर भई काठमाण्डौ जोरपाटी बस्दै आएका ३५ बर्षका शेखर भन्ने शेरबहादुर राईलाई पनि सोही आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनार र राईले शंकर कार्की, राजन राई र बिकास राईलाई उनिहरुले प्रतिव्यक्ति ६÷६ लाख रुपैया लिएर रसियाको होटलमा आर्कषण तलवको प्रलोभन देखाएर रसिया पठाएका थिए ।
कार्की रसिया पुगेपछि त्यहाँ थप ८०० डलर माग्दै रसियन सेनामा भर्ती गराईदिने भनेपछि पिडित नेपाल फर्किएर उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो । कार्कीले एसएलसीसम्म मात्र पढको भएपनि उनिहरुले सवै आवश्यक नक्कली कागजात समेत बनाएको खुलेको छ ।
पक्राउ परेका दुवैजनालाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
कार्कीसंगै गएका राजन राई र बिकास राईलाई रसिया आर्मीमा भर्ना गरेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


