गोरखा । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् ।
एमालेले गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार घोषणा गरेको छ । एमालेले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बनाका छन् ।
देवकोटाको राजनीतिक जिवनी
बिगत ३८ वर्ष लामो राजनीतिक तथा समाजिक परिर्तनको योद्धाको रुपमा स्थापित उनी गोरखा जिल्लाको कम्युनिष्ट आन्दोलनको एक कर्मठ योद्धाको रुपमा समेत परिचित छिन् । गएको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट गोरखा नगरपालिकाको मयेरका उमेद्वार सम्ंझना देवकोटाको नेपाली कम्युनिष्ट आन्दोलनको एक इमान्दार नेतृको रुपमा चिनिन्छन ।
गोरखा नगरपालिकाको वडा नम्बर–३, नारेश्वर, गाईखुर घर भएकी नेतृ देवकोटा बुवा दण्डपाणी देवकोटा र आमा भीमकुमारी देवकोटाको कोखबाट जन्मीएकी हुन् । बिगत ३८ बर्षभन्दा बढी समयदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर होमिनु भएकी उनि बिस २०४० सालमा अनेरास्वबियु विन्ध्यावासिनी मावि को प्रारम्भिक कमिटिको सचिव हुदै अहिले नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा छ्रन् । बिस २०४५ सालमा अनेरास्वीयु गोरखा क्याम्पसको ईकाई सहसचिव, बिस २०४७ साल नेपाल कम्युनिष्ट पार्टी पार्टी सदस्यता प्राप्त, बिस २०४८ सालमा अखिल नेपाल महिला संघको गोरखा जिल्लाको संस्थापक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाली सकेकी छिन् ।
बिस २०५४ सालबाट नेकपा (एमाले) जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेकी नेतृ देवकोटा २०६६ सालमा नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भइन् । बिस २०६८ मा नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, बिस २०७४ मा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुदै बिस २०७८ मंसिरमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएकी थिईन् । उमेद्वार देवकोटा हाल नेकपा (एमाले) गोरखा जिल्लाको सबै पालिका ईन्चार्ज, अखिल नेपाल महिला संघ केन्द्रिय कमिटीका पूर्व स्थायी कमिटी सदस्य समेत सम्हाली सकेकी छिन् ।
स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी नेतृ देवकोटा राजनीतिक मात्र नभएर सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् । उनले बिस २०४६ सालमा देविस्था शिक्षक दरबन्दिमा प्राथामिक बिधालयको प्रधानाध्यापकको रुपमा समेत जिम्मेवारी सम्हाल्नु भएकी नेतृ देवकोट बिस २०६२ सालमा नगर निर्वाचन बहिस्कारको आन्दोलनमा १५ दिन जेल जीवन बिताएकी छिन् ।
उनै देवकोटा यति माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा चुनावी संग्राममा होमिएकी छिन् ।




















