गोरखा । गोरखा सदरमुकामका १ जना युवक मनाङमा मृत्त फेला परेका छन् । मृत्त फेला परेका ब्यत्ति गोरखा नगरपालिका–६ हरमटारी निवासी ४० बर्षका उत्तम गुरुङ भएको मनाङ प्रहरीले पुष्टी गरेको हो ।
गुरुङकाे मृत्त शरिर शनिबार निस्याङ गाउँपालिका–९ को खाङसारस्थितमा फेला परेको थियो । सोनाम गुरुङको घरमा काम गरी बस्दै आएका गुरुङको स्टोर रुममा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्युको कारण पुष्टी हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




















