×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

नेफा गण्डकीको अध्यक्षमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित

  •  गोरखा समाचार
  • आइतबार, पुष २२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्षमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी ४ वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    नव गठित समितिको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रनदेवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले निर्वाचित भए । अधिवेशनले कार्यसमितिको सदस्यमा रिता श्रेष्ठ थापा, सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् ।

    यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पर्यटनलाई जोड्न सके पर्यटकको बसाई लम्व्याउन सकिने बताए । नेपाली प्याराग्लाइडिङ खेल संगै सहाशिक खेलकुदको विकासले नेपाली पर्यटन उद्योगलाई माथी उठाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने–“खेलकुदले पर्यटकको बसाई लम्व्याउन मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्दछ । तर त्यसतर्फ ध्यान पुग्न सकेको छैन ।”

    नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलमा भएको दुखद दुर्घटनाको स्मरण गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशका सबै जिल्लामा प्याराग्लाइडिङ खेल विकासको सम्भावनाको खोजी गर्दै अगाडी बढ्न प्रदेश खेलकुद परिषद तयार रहेको बताए । जल, जमिन र आकाशमा हुने तिन तहकै सहाशिक खेलहरुको विकासका लागि परिषद सहकार्य गर्न तयार रहेको जनाउँदै उनले प्याराग्लाइडिङ खेलको विकास र खेलाडी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे । सुचिकृत भएका रेफ्रि र प्रशिक्षकहरुको आकस्मिक विमा गर्ने, खेल संघहरुलाई सुशासनतर्फ अघि बढाउने, खेल पदकको घोषणा गर्ने गरी परिषद अघि बढेको उनको भनाई थियो ।

    उद्घाटन कार्यक्रममा बोल्दै नेफाका केन्द्रिय अध्यक्ष भुपेन्द्र चाम्लिङले नेफाले चाँडै नै बन्द रहेको सोलो उडान खोल्न सम्वन्धित मन्त्रालयहरु संग छलफल अघि बढाएको जनाउँदै राष्ट्रका लागि पदक दिलाउने खेलको विकासका लागि राज्य पक्ष यसबारे गम्भिर हुनुपर्ने बताए । उनले सातै प्रदेशमा खेलको विस्तार संगै खेलाडी उत्पादनमा समेत संघले आफ्ना योजनाहरु तय गरेको बताए ।

    संघका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य किरण राईले सहाशिक खेलको विकास नेपालमा समय सापेक्ष अनुसार विकास हुन नसकेको उल्लेख गर्दै सफल र असफलताहरुको विचबाट समयानुकुल रुपमा प्याराग्लाइडिङ खेलको विकास आवश्यक रहने कुरामा जोड दिए ।

    नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं पर्यटनविद बाशुदेव त्रिपाठीले पोखरा अब चाँडै पर्यटन राजधानीको रुपमा घोषणा हुन गइरहेकोले पर्यटनको राजधानीका लागि प्याराग्लाइडिङ लगायत अन्य सहाशिक खेलका गन्तव्यहरुको पहिचान र विकास आवश्यक रहने कुरामा जोड दिए ।

    नेफा गण्डकी तदर्थ समितिका अध्यक्ष समेत रहेका दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शर्मिला शर्माले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष रितु श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, पुष २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.