गोरखा । गोरखा जेसिज गोरखाको अध्यक्षमा अश्विन ढुङ्गाना निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ४३ औँ अधिवेशनबाट बर्ष २०२४ का लागि अध्यक्षमा ढुङ्गाना निर्विरोध चयन भएका हुन् ।
त्यस्तैगरी, कार्यकारी उपाध्यक्षमा निर्वाचन प्रणली मार्फत विष्णु थापा मगर र राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनबाट उपाध्क्षयहरु श्याम आले, अविन श्रेष्ठ, रविन श्रेष्ठ र सन्दिप ढकाल, सहसचिवमा ताराबहादुर खड्का, सहकोषाध्क्षयमा सन्देश खत्री निर्विरोध निर्वाचित भएका हुन् ।
३१ सदस्यीय कार्य समितिले आउदो पौष २७ गते पूर्णता पाउने निर्वाचित अध्यक्ष ढुङ्गानाले जानकारी दिए । उनका अनुसार महासचिव, कोषाध्यक्ष र जेलसी सहितको अन्य सदस्यको पद हस्तान्तरणका दिन सार्वजनिक गरिने छ ।
वर्ष २०२३ का अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।




