×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाबाट सेनाले थाल्यो धादिङ्ग–नुवाकोट हुँदै काठमाण्डौंसम्मको पदयात्रा (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • शनिबार, पुष २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल र नेपाली सेनाको इतिहासको प्रवद्र्धन गर्ने उद्देस्य सहित आजदेखि गोरखाबाट नेपाली सेनाले नेपाल एकिकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको पदयात्रा सुरु गरेको छ ।

    पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेनाका पश्चिम पृतनापति सन्तोषबल्भव पौडेलले राष्ट्रिय झण्डा र टर्च लाइट हस्तान्तरण गरेर बिदाई गरेको हो ।

    गोरखा दरवारको पाटाङ्गीनीबाट सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा निस्किएको नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी असोककुमार क्षेत्रीले जानकारी दिए ।

    तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग गरेका पदमार्गको प्रवद्र्धनका लागि सेनाले पदयात्राको थालनी गरेको उनको भनाई छ ।

    नेपाली सेना श्री रिपुमर्दन गण, गोरखा नगरपालिका तथा भिमसेनथापा गाँउपालिकाको संयुक्त आयोजनामा पदयात्राको थालनी गरिएको प्रमुख सेनानी क्षेत्रीले बताए ।

    गोरखाबाट पदयात्रामा निस्किएको टोली आज गोरखा नगरपालिकाको फिनाम, भीमसेनथापा गाउँपालिकाको बोर्लाङ, चण्डीथान, महादेवटार हुँदै घाटवेसीसम्म पुगेर धादिङ स्थित नेपाली सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।

    पदयात्रामा श्री रिपुमर्दन गण र गोरखा दरवार सुरक्षार्थ खट्टिएका श्री शार्दुलजंग गुल्मका फौजहरु खटिएका छन् । उक्त फौजले धादिङ्ग जिल्लामा तैनाथ श्री शिवदल गणलाई नेपालको झण्डाहरु र टर्च हस्तान्तरण गर्ने प्रमुख सेनानी क्षेत्रीले बताए ।

    त्यस्तै धादिङ्ग जिल्लामा तैनाथ श्री शिवदल गणले नुवाकोट जिल्लामा तैनाथ श्री जबर जंग गणलाई र श्री जबरजंग गणले हनुमान ढोकामा आयोजना हुने ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि पौष २६ गते काठमाण्डौ नागार्जुन स्थित श्री कालीध्वज गणलाई राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।

    पदयात्रा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल), प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको पनि सहभागिता रहेको थियो ।

    नेपाली सेनाले पछिल्लो समय ऐतिहासिक गढी, किल्ला, दरवार तथा एकीकरणको दौरान प्रयोग भएका मार्गहरु पहिचान गरी संरक्षण, सम्र्बद्धन र विकास गर्ने योजना अनुसार गोरखाबाट नेपाल एकिकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गमा पदयात्रा गर्दै आएको छ ।         

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.