काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।
शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री दाहाललाई सफाइ दिएको हो ।
२०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा दाहालले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए ।
त्यही अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
फैसलाको पूर्णपाठ भने आउन बाँकी नै छ ।




















